बोक्रे जातियता

डा कृष्ण भट्ट्चनको नयापत्रीकामा लेख पढेपछि केहि जवाफ दिन मनलाग्यो, वहाँको बौद्धिक क्षमतामा कुनै कमि देखिदैन, तर मानसिकतामा ज्यादैनै संकुचित देखियो, वहां जस्तो ब्यक्ति एतिसम्म रेसिस्ट हुनुहुदोरहेछ भन्ने थाहा पाउँदा अचम्म लाग्यो, वहाँले बाहुन के हो ? भन्ने कुरालाइ जसरी लेख्नु भएको छ तेस्बाट वहाँ डा हुन कि उपाधीमात्र पाएका हुन बुझ्न सजिलो भयो । अहिलेको खन्डीकृत समाजलाइ झनै ध्रुवीकरण गर्ने वहाँ जस्तो महान ब्यक्ति लाइ सलाम छ, सायद वहाँले जिन्दगीमा पढाई भन्दा म कुन जातको हुँ भन्नेकुरामा ड्क्ट्रेट गर्नु भयेको रहेछ । वहाँले समाजलाइ दिनु भन्दा पनि के पाइन भन्ने सोच अति नै निम्न किसिमको छ । सायद वहाँको बुझाइ र वहाँको डक्ट्र्ट फरक कुरा रहेछ।
सोच्नुहोला बाहुन भयेर उत्तर दिदै छु, म यस्तो बाहुन हुँ जस्को औँलामा गन्न सक्ने जति पनि बाहुन साथी छैनन् । मेरा सबै साथीहरु जनजाती नै छन्, हुर्के बढेको पनि बौद्धमै भएर पनि होला, मलाइ रेसिजम र धार्मिक कुरा पट्ट्कै मन पर्दैन । सायद मेरो समाजले मलाइ गलत सिकायो होला ।
अब तपाइको कुराको मुद्दामा जाऔं, तपाइले जसरी समाजलाई खन्डिकृत गर्दै हुनुहुन्छ त्यो सहि जस्तो लाग्छ ? तपाइले नै भन्नु भएको छ मेरा बाहुन साथी देखी शिक्षकसम्म छन, के तपाइलाइ पढाउने बेलामा ति बाहुन शिक्षकले अरु बाहुनलाइ बढी र तपाईंलाई कम पढाए ? तपाइका बाहुन साथिले यो भट्ट्चन हो, मगर हो, सुब्बा हो,जनजाती हो यस्लाई घृणा गर्नु पर्छ भन्ने कहिले भने ? तर तपाइको सोच हेर्दा ति शिक्षक र साथिहरुलाइ अहिले पश्चाताप हुन्छ होला, कस्तो चेला र साथी बनाएछु भनेर । तपाइले कहिले बिचार गर्नु भएको छ तपाईं पढेर मेहनत गरेर यहाँ पुग्नु भयो तपाइजस्तै अवसर पाएका भए अरुपनी पुग्थे होलान् , पुग्न नसक्नु प्रत्येक ब्यक्तिको आफ्नै कम्जोरी हो, तपाईं कुनै जाती बिशेष भएर त्यहा पुगेको होइन होला शायद ।
अनी अर्को कुरा,किन बृटिस गोर्खामा बाहुन क्षेत्रि, नेवार पुग्दैनन ? उनिहरुसँग त्यो मेहनत छैन,त्यो धैर्य छैन तेति शारिरिक बल पनि छैन । कोहि पढ्छ, निजामती कर्मचारी हुन्छ्न कोहि ब्यापार गर्छ्न ब्यवसायी हुन्छ्न तेस्मा जाती बिशेषको ट्याग लाउने तपाइ को हो ? कति मन्दिरमा मगर पुजारी छन त्यो पनि गलत हो ? कि त्यस्लाई पनि तपाईं बाहुन देख्नु हुन्छ ?

रोजगारी ब्यवसाय र पढाई सबै फरक कुरा हुन, तर तपाइको सोच सबै जाति विशेषमा गएर अड्किएछ । धरानको कालो बंगुर भनेर ब्यवसाय गर्नेले पनि राम्रै पैसा कमाएका छन, कुनै बाहुनको छोरो अरब गएर पनि कमाएको छ, समस्या जातमा होइन तपाईं जस्ता ब्यक्तीले समाजलाइ दिएको नकारात्मक शिक्षामा छ । जनजाती भएर उच्च शिक्षा हासिल र उच्चपदमा पुग्ने ब्यक्तीले समाजलाइ के शिक्षा दिने भन्ने चेत नभएसम्म जनजातीहरु पिछडिया नै रहन्छ्न । तपाइको लेखले कसैलाइ मद्दत गर्दैन उल्तो यस्ले झन नराम्रो गर्दै छ

अब बाहुनले कसरी लुट्यो भन्ने कथा तिर लागौ, संसार भरी नै मानव सभ्यताको बिकाससँगै मान्छे सबै उपयोगिताको सिद्धान्तमा बाँच्दै आएका हुन् । गाइ दुध खान पालिन्थ्यो, खसी बाख्रा कुखुरा मासु अन्डा खान पालिन्थ्यो । ४ वटा कथा देखाएर तपाइले आफ्नो परिचय पनि तेहि उप्योगिताको सिद्धान्तको उपज हो भन्ने प्रष्ट पार्नु भयो। तेसो त जनजाती को झगडामा परिवार नै सखाप हुने गरि छ्प्काएको उदाहरण तपाईं जस्तो बुद्दिमान मान्छेलाइ थाहा नै होला । कोहि चलाख भएर केहि प्रगती गर्छ भने त्यस्लाई जातको ट्याग लाउन मिल्छ ? जनजाती हाकिम भएका सयौं कार्यलय छ्न् कि ति पनि तपाइको नजरमा बाहुन हुन् ?
सामाजिक उत्तरदायित्व भनेको समाजका सबै बर्ग जात,जाती र फरक भाषा-भाषीको हो, आफु ठुलो बन्ने होडमा अरुलाइ सानो देखाउनु मानसिक कम्जोरी हो । हामी जस्तो मिश्रीत जातजाती भाषाभाषी र सस्कृति भएको देशमा तपाइहरु जस्तो ब्यक्तिले समाज भाड्ने लेख लेख्नुको मुख्य उद्देश्य सामाजिक सन्तुलनमा खलल पुर्‍याउनु नै हो। यस्मा तपाईंमात्र होइन धेरै पत्रकार, अधिकारकर्मी र पार्टिका नेताहरु पनि छन् जो बनाउन भन्दा बिगार्न चिच्याउँदै भजन गाउँछन् ।
समाज बदल्ने कोसिस गर्दै हुनुहुन्छ भने पहिला आफु बदलिनुस् र समाजलाइ सभ्य बनाउन मद्दत गर्नुस् । त्यसरीनै जातजाती भन्दै कुर्लनु हुने तपाईं जस्ता बोक्रे बौद्धिक र सामाजिक मर्यादामा आँच पुर्याउने कुरालाई छाप्ने नयाँपत्रीका जस्ता पार्टिको मुखपत्र बनेर आउने संचारमाध्यमलाई यसरी नै खान पुगोस् ! नमस्कार !!

Advertisements

नागरिकता र मधेष आन्दोलन

देशमा संबिधान घोषणा भएको एक बर्ष भन्दा धेरै समय भैसक्यो। यस बिचमा संबिधान कार्यन्वयन का लागी हुनुपर्ने लगभग कुनैपनि काम भएका छैनन। २०७४ माघ ७ भित्र तिन तहको चुनाव भइसक्नु पर्ने संबैधानिक प्राबधान छ…

Source: नागरिकता र मधेष आन्दोलन

खेर गएका बीस वर्ष

tistung deurali

नेपाल साप्ताहिकको अंक ५८३ (२०७० फाल्गुन ४) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख “खेर गएका बीस वर्ष” । पुरा लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


‘१९ माघ’को सम्झना गरेको केही दिन हुँदा नहुँदै १ फागुन पनि आयो र गयो। यी दुई मिति नजिक हुनु संयोग भए पनि यीसँग सम्बन्धित घटनाबीचको सम्बन्ध संयोगभन्दा बढ्ता हुन सक्छ। एउटा राजाले शासन-सत्ता आफ्नो हातमा लिएको दिन र अर्को तत्कालीन नेकपा-माओवादीले सशस्त्र विद्रोह थालेको दिन।

इतिहास, घटना, स्थान र मानव-स्वभावजस्ता केही तत्त्वहरू पृष्ठभूमिमा स्थायी रूपमा रहे पनि पात्रहरूको पहलका कारण समाजमा गति, परविर्तन, विकास, आशा र सकारात्मकता सम्भव हुने हो। पात्रहरूको अठोट र पहलबिना दुर्घटना रोक्ने, नकारात्मक प्रवृत्तिलाई हराउने र खराब उद्देश्य पूरा हुन नदिने कार्य पनि सम्भव हुँदैन। सकारात्मक उद्देश्य जोगाउन केवल इच्छा वा आधा-मनले गरिने समर्थन पर्याप्त नहुन सक्छ। खराब तत्त्वलाई रोक्न कुनै अवरोध खडा नगर्ने निरपेक्ष र तटस्थ किसिमको प्रयासले उल्टै खराब प्रवृत्तिलाई सहयोग गररिहेको हुन्छ। त्यस कारण पात्रहरूको…

View original post 1,823 more words

अर्ति, रुवाबासी र चिन्ता

आज एकैपटक बिजयकुमार को संकटको प्रिस्टभुमि र समाधानका सुत्र र अधिबक्ता दिपेन्द्र झा को मधेशिसहिताको नया रास्ट्रबाद को निर्माण गरौँ भन्ने लेख पढियो । भाषा र तर्कका हिसाबले दुवै लेख दमदार छ । दशकौं कल…

Source: अर्ति, रुवाबासी र चिन्ता

के नेपालीहरुसंग भएको भारू ५००/१००० का नोटहरु अब कागजका खोस्टा हुने भए त?

कालोधन र आतंककारी तथा अपराधी माथिको “सर्जिकल स्ट्राइक” भन्दै भारतीय प्रधानमंत्री नरेंद्र मोदीले ५००/१००० का पुरानो नोटहरुको लीगल टेंडर फिर्ता लिएका छन अर्थात ती मुद्राहरु अर्थतंत्रबाट खिचिएको/ फिर्…

Source: के नेपालीहरुसंग भएको भारू ५००/१००० का नोटहरु अब कागजका खोस्टा हुने भए त?

माफ गर्नुस! तपाँई नेपालको माया पटक्कै गर्नुहुन्न !!

Note Of Dissent

भान्छा सम्हाल्न कुनै दुर्गम जिल्लाबाट ल्याईने गरीब ‘बाहुनले’ पकाएको ‘भुजा’ ज्यूनार गर्ने वर्गकि तर ‘वर्ग‘ चटक्कै भुलेर जात, लिंग र समुदायको ‘मसिहा’ बनेकी सम्भ्रान्त पुर्व नेपाली महिलाले लेखेको ‘माईतिप्रेमले ओतप्रोत’ पत्र पढ्ने मौका मिलाईदिएकोमा कान्तिपुरलाई धनयवाद । वहाँको गन्थन पहिले पनि पढिआएकै हो । यहाँ एउटा नयाँ कुरा भन्नुभयो । क्यानेडियन नागरिक मन्जुश्री भन्नुहुन्छ देशप्रेम भनेको ‘राज्यपद्दतीलाई प्रेम गर्नु हो’ । अर्थात राज्यपद्दती सँग असहमत हुनेले देशलाइ प्रेम गर्ने सक्दैन ।

वहाँको यो वाक्य पढेपछि मेरो स्मृतीमा महात्मा गान्धी,  नेल्शन मन्डेला,  विपी कोईराला,  गणेशमान सिंह जस्ता ब्यक्तितवहरु आए जो कुनै न कुनै समय ‘राज्यपद्दती’ प्रति असहमत थिए । ति तमाम सहिदहरु आए जो राज्यपद्दती सँग असहमत भएकै कारणले काटिए,  झुन्ड्यार्ईए वा गोली दागीए । ‘देशप्रेम’ को यो परिभाषा शायद तिनीहरुलाई थाहा थिएनहोला । नत्र किन आफुले ‘प्रेम’ नै नगर्ने ‘देश’ को लागि निर्वासित हुन्थे,  जेल जान्थे,  मर्न तयार हुन्थे !

 वहाँको यो वाक्य पढेपछि मेरो स्मृतीमा महात्मा गान्धी,  नेल्शन मन्डेला…

View original post 1,613 more words

माफ गर्नुस! तपाँई नेपालको माया पटक्कै गर्नुहुन्न !!

भान्छा सम्हाल्न कुनै दुर्गम जिल्लाबाट ल्याईने गरीब ‘बाहुनले’ पकाएको ‘भुजा’ ज्यूनार गर्ने वर्गकि तर  ‘वर्ग‘ चटक्कै भुलेर जात, लिंग र समुदायको ‘मसिहा’ बनेकी सम्भ्रान्त पुर्व नेपाली महिलाले लेखेको ‘मा…

Source: माफ गर्नुस! तपाँई नेपालको माया पटक्कै गर्नुहुन्न !!

बाबुराम सर ! कृपया संस्कृतमा ट्वीट नगर्नुस्

नयाँ शक्ति प्रमुख बाबुराम भट्टराईले आज रक्षावन्धनको अवसरमा यस्तो ट्वीट गर्नु भएछ। यो देखेर मलाई एउटा पुरानो आफ्नै ब्लग याद आयो : ‘सर्वनाशे समुत्पन्ने अर्ध त्याजति पण्डिता ‘ (सबै गुम्ने …

Source: बाबुराम सर ! कृपया संस्कृतमा ट्वीट नगर्नुस्